दफा २०
आयोगको सचिवालय
२०. आयोगको सचिवालयः
(१) आयोगको सचिवालय दिपायलमा रहनेछ ।
(२) सचिवालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) आयोगले सम्पादन गर्ने काम कारबाहीमा आयोगलाई सहयोग पु¥याउने,
(ख) परिषद्को बैठकको लागि प्रस्ताव तयार गर्ने,
(ग) आयोगको निर्णय कार्यान्वयन गर्ने,
(घ) परिषद्को सचिवालयको समेत काम गर्ने,
(ङ) तोकिएबमोजिमको अन्य काम गर्ने ।